साल्ट ट्रेडिङले उपभोग्य वस्तुको आपूर्ति सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउनुपर्छ
काठमाडाैं | भदौ २७, २०८१
काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताउनुभएको छ ।
कर्पोरेसनको ६२ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रुपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।
“साल्ट ट्रेडिङ जनताको विश्वासिलो संस्था बन्न सकोस्, ‘अब दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन साल्ट ट्रेडिङ मेरो साथमा छ’ भनेर आमजनतालाई विश्वास दिलाउनुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो, “उपभोग्य वस्तुको कृत्रिम अभाव तथा अस्वभाविक मूल्यवृद्धि हुन नदिन यस संस्थाले उपभोग्य बजारमा गतिलो हस्तक्षेप गर्नुपर्छ ।”
सेवा प्रवाह, बजारीकरण, दायरा र व्यापार वृद्धि गर्न प्रविधिको प्रयोगलाई बढावा दिनुपर्नेतर्फ सचेत गराउँदै मन्त्री भण्डारीले उपभोग्य वस्तुको कृत्रिम अभाव अन्त्य गर्न तथा रासायनिक मलको सहज आपूर्तिमा यसले नेतृत्वयादी भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो । “साल्ट ट्रेडिङ यस्तो ब्राण्ड बनोस्, कि नामै काफी होस्, यसको उत्पादन आफ्नै ब्राण्ड बनोस्”, उहाँले भन्नुभयो ।
मन्त्री भण्डारीले व्यवसाय विस्तारका योजना बनाउन व्यवस्थापन र कर्मचारीलाई निर्देशनसमेत दिनुभयो । “सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउँदै उच्च गुणस्तरको उपभोग्य वस्तुको आपूर्तिमा व्यवस्थापनले ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो, “कर्पोरेसनलाई नेपालको भरपर्दो र विश्वासिलो तथा कृत्रिम अभाव अन्त्य गरी सहज आपूर्ति गर्नसक्ने संस्था बनाउनुपर्छ ।”
मन्त्री भण्डारीले आपूर्ति बजारमा साल्ट ट्रेडिङको भूमिका अपरिहार्य रहेको र अप्ठ्यारो अवस्थामा अत्यावश्यक वस्तुको उपलब्धता सहज बनाउन संस्थाले उल्लेख्य काम गरेको स्मरण गर्नुभयो ।
“अब बजार सङ्कुचन होइन, विस्तार र व्यावसायिकीकरणमा लाग्नुपर्छ, साल्ट्र ट्रेडिङसँग प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने बनाउनुपर्छ”, उहाँले भन्नुभयो, “प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल र व्यावसायिकरुपमा उभ्याउनुपर्छ, व्यावसायिकता र सेवा प्रवाहलाई थप परिस्कृत गरेर लैजानुपर्छ ।”
अत्यावश्यक वस्तुको अभाव हुन नदिनेतर्फ संस्था सदैव सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले रासायनिक मलको आपूर्ति व्यवस्था थप सहज बनाउन क्रियाशील बन्नुपर्छ भन्नुभयो ।
“कर्पोरेसनले भरपर्दो आपूर्ति शृङ्खला बजारमा गतिलो हस्तक्षेप, बजार मूल्यमा समायोजन र गुणस्तरीय वस्तुको सहज उपलब्धतामा ध्यान दिनुपर्छ”, मन्त्री भण्डारीले भन्नुभयो ।
कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले गुणस्तरीय दैनिक उपभोग्य वस्तु सर्वसुलभ रुपमा जनताको घरदैलोमा पु¥याउन क्रियाशील रहेको बताउनुभयो । उहाँले आगामी दिनमा कर्पोरेसनको सेवा र व्यवसाय थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कर्पोरेसनका प्रमुख कार्यकारी अधिृकत उर्मिला श्रेष्ठले आमजनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
कार्यक्रममा रु एक लाख राशिको ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ यसवर्षका लागि मानव कल्याण समाज काभ्रेपलाञ्चोक तथा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउने कर्मचारीका सन्तति दुई जनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । यस्तै कर्पोरेसनका विभिन्न कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृतका साथै २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई कदरपत्र प्रदान गरिएको थियो ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

